Skip This
प्रधानमन्त्रीलाई सांसदको प्रश्न– कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अधीनमा ल्याउन के योजना छ ?
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ७ सोमबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ श्रावण ७ सोमबार १४:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीलाई सांसदको प्रश्न– कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अधीनमा ल्याउन के योजना छ ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ श्रावण ७ सोमबार १४:४१:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद  दीपकबहादुर सिंहले प्रधानमन्त्री केपी ओलीसँग चुच्चे नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग नेपालको अधीनमा ल्याउन बनाएका योजनाबारे जानकारी दिन माग गरेका छन्।

सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री–सांसद प्रश्नोत्तर कार्यक्रममा सिंहले चुच्चे नक्सामा समेटिएका भूमि नेपालको अधीनमा ल्याउन के कूटनीतिक योजना छ भन्दै प्रश्न गरेका हुन्।

‘सम्माननीय प्रधानमन्त्रीज्यू तपाईं प्रधानमन्त्री भएको वेला कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर नेपालको चुच्ने नक्सा जारी गर्नुभएको थियो । विचार बेग्लै भए पनि हामीले सोचेका थियौँ बल्ल एउटा राष्ट्रवादी प्रधानमन्त्री यो देशले पाएको छ । तर, आज चौथोपटक तपाईं प्रधानमन्त्री भइराख्नुभएको छ। अहिलेसम्म ती भूभागहरू नक्सामा मात्रै सीमित भएको छ । नेपाली जनतालाई तपाईंको यो कार्यकालमा ती भूभाग नेपालको स्वामित्वमा आएको तीन करोड नेपालीले हेर्न चाहेका छन् । ती भूभाग चाँडोभन्दा चाँडो नेपालको अधीनमा ल्याउन तपाईंको नीति–योजना कूटनीतिक कला के छ प्रधानमन्त्रीज्यू ?’

जवाफमा प्रधानमन्त्री ओलीले सुगौली सन्धिअनुसार महाकाली नदीपूर्वका सबै भूभाग नेपालको रहेको स्पष्ट पार्दै स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान खोजिने बताए। ‘उच्चस्तरीय भ्रमणहरूका अवसरमा नेपाल र भारतका प्रधानमन्त्रीहरूबीच भएको भेटवार्तामा समेत सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान गर्ने गरी अघि बढ्ने समझदारी भएको छ,’ उनले भने।

सीमास्तम्भ निर्माण, पुनर्स्थापना र मर्मतका कामका साथै दशगजा र क्रसहोल्डिङको लगत तयार गर्नेजस्ता प्राविधिक कार्य भइरहेको उल्लेख गर्दै उनले सरकारको सक्रिय पहल रहने बताए।

छुटाउनुभयो की ?