Skip This
दर्जनौँ युक्रेनी ड्रोन खसालेको रुसको दाबी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ७ सोमबार
  • Thursday, 19 September, 2024
२o८१ श्रावण ७ सोमबार १५:११:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

दर्जनौँ युक्रेनी ड्रोन खसालेको रुसको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण ७ सोमबार १५:११:oo

रुसको सेनाले आइतबार राति दक्षिणी रोस्तोभ क्षेत्रमा करिब ५० सहित ७५ वटा युक्रेनी ड्रोन खसालेको रुसले सोमबार जनाएको छ।

हवाई रक्षा प्रणालीले रोस्तोभमाथि ४७, ब्ल्याक सी र अजोभ समुद्रमा १७, बेलगोरोडको सीमावर्ती क्षेत्रसहित अन्य क्षेत्रमा ११ वटा ड्रोन रोकेको रक्षा मन्त्रालयले जनाएको हो।

क्रास्नोडार क्षेत्रको ब्लाक सी सहर टुआप्सका क्षेत्रीय अधिकारीहरूले खसालिएको ड्रोनको भग्नावशेषले पेट्रोल प्रशोधन कम्पनीमा आगलागी भएको बताएका छन्। 

किएभ शासनले पुनः टुआप्सको नागरिक पूर्वाधारमा ड्रोन आक्रमण गर्ने प्रयास गरेको क्षेत्रीय अधिकारीहरूले टेलिग्राममार्फत जनाएका छन्। प्रारम्भिक जानकारीअनुसार ती आक्रमणमा कसैको पनि हताहत भने भएको छैन।

पछिल्लो समय रुसले दैनिकजसो युक्रेनी ड्रोनहरू रोक्ने घोषणा गरिरहेको छ भने किएभले फेब्रुअरी २०२२ मा मस्कोले सैन्य कारबाही सुरु गरेदेखि सैन्य तथा नागरिकलक्षित रुसी आक्रमणको जवाफ भएको बताएको छ। (रासस/एएफपी)

छुटाउनुभयो की ?