Skip This
प्रोफेसनल एजुकेटर्स र नेपाल लाइफ इन्स्योरेन्सबीच इक्विटी लगानी सम्झौता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ७ सोमबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ श्रावण ७ सोमबार १५:३६:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

प्रोफेसनल एजुकेटर्स र नेपाल लाइफ इन्स्योरेन्सबीच इक्विटी लगानी सम्झौता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ श्रावण ७ सोमबार १५:३६:oo

शैक्षिक संस्था प्रोफेसनल एजुकेटर्स लिमिटेड (ग्लोबल ग्रुप) र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच संस्थागत विकासको बृहत्तर अवधारणाअनुरूप इक्विटी लगानी सम्झौता भएको छ।

प्रोफेसनल एजुकेटर्सका अध्यक्ष डा. खगेन्द्रप्रसाद ओझा, नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष गोविन्दलाल संघाई, वरिष्ठ सञ्चालक तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल तथा दुवै प्रतिष्ठित कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृतहरू, वरिष्ठ अधिकृतहरू, चार्टर्ड एकाउन्टेन्टहरू तथा कानुनी सल्लाहकारहरूसमेतको उपस्थितिमा रोयल सिंगी होटेलमा आयोजना भएको विशेष समारोहमा प्रोफेसनल एजुकेटर्सका तर्फबाट अध्यक्ष डा. ओझा र नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

लगानीका क्षेत्रमा नेपालमा पहिलोपटक संस्थागत रूपमा यस किसिमको अभूतपूर्व सहकार्य हुँदै मुलुकको शैक्षिक इतिहासमा नयाँ आयामको थालनी भएको प्रोफेसनल एजुकेटर्सले जनाएको छ। शैक्षिक प्रवर्द्धनमुखी कदम र नयाँ प्रयोगका माध्यमबाट प्रोफेसनल एजुकेटर्सले आफ्नो आगामी यात्राका क्रममा शिक्षा क्षेत्रको दिगो संस्थागत संरचना खडा गर्दै अगाडि बढ्ने लक्ष्य लिएको बताइएको छ।

अत्याधुनिक भौतिक पूर्वाधार, प्रविधिमैत्री शैक्षिक वातावरण, दक्ष जनशक्ति, स्पष्ट एवं पारदर्शी कार्यनीति र निरन्तर उत्कृष्ट नतिजा आदि विशेषताहरूलाई आत्मसात् गर्दै आएको प्रोफेसनल एजुकेटर्सले निकट भविष्यमा नै सर्वसाधारणका लागि लगानीको अवसर प्रदान गर्ने गरी आइपिओ जारी गर्न धितोपत्रको सूचीकरणसम्बन्धी प्रक्रियासमेत अगाडि बढाउने जनाएको छ।

नेपालको शैक्षिक विकासका लागि विद्यालय तहदेखि उच्च शिक्षाका क्षेत्रमा विश्वस्तरीय शिक्षा प्रदायक शैक्षिक संस्थाहरूको स्थापना र प्रवर्द्धन गर्ने उद्देश्यका साथ ०६१ मा स्थापित प्रोफेसनल एजुकेटर्सको नाम प्राज्ञिक जगतमा अग्रणी मानिन्छ।

ग्लोबल कलेज अफ म्यानेजमेन्ट, ग्लोबल स्कुल अफ साइन्स, युनिग्लोब स्कुल र कलेज, भ्याली भ्यु स्कुल, ग्लोबल कलेज इन्टरनेसनल र लिबर्टी कलेजजस्ता ख्यातिप्राप्त शैक्षिक संस्थाहरूको स्थापना, व्यवस्थापन एवं सञ्चालनका क्रममा निजी क्षेत्रको विशिष्ट योगदानस्वरूप विभिन्न क्षेत्रबाट उच्च योगदान पुर्‍याउँदै आएका विज्ञ व्यक्तित्वहरूको संलग्नतामा प्रोफेसनल एजुकेटर्सको स्थापना भएको हो।

छुटाउनुभयो की ?