Skip This
भारतसँगको सीमा समस्या कूटनीतिमार्फत समाधान गरिनेछ : प्रधानमन्त्री ओली
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ७ सोमबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ श्रावण ७ सोमबार १५:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतसँगको सीमा समस्या कूटनीतिमार्फत समाधान गरिनेछ : प्रधानमन्त्री ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ श्रावण ७ सोमबार १५:५६:oo

प्रधानमन्त्री केपी ओलीले नेपाल–भारत सीमा समस्या वार्ता र कूटनीतिमार्फत समाधान गरिने बताएका छन्। 

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा राप्रपा सांसद दीपकबहादुर सिंहले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नेपाल–भारत सीमासम्बन्धी समस्या वार्ता र कुटनीतिक माध्यमबाट समाधान गरिने बताएका हुन्।

ऐतिहासिक तथ्य र प्रमाणका आधारमा सीमा समस्या समाधान गरिने प्रधानमन्त्रीको भनाइ छ। प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद सिंहले ओलीकै पालामा जारी भएको चुच्चे नक्सामा समेटिएको लिपुलेक, कालापानी र लिम्पियाधुराको भूमि नेपालले कहिले भोगचलन गर्न पाउनेछ भनेर सोधेका थिए।

त्यसमा जवाफ दिँदै ओलीले भने, ‘सुगौली सन्धि, विभिन्न नक्सा, ऐतिहासिक तथ्य तथा प्रमाणसमेतका आधारमा सीमा समस्यालाई भारत सरकारसँग वार्ता र कुटनीतिमार्फत समाधान गर्ने नेपाल सरकारको निरन्तर अडान र प्रतिबद्धता रहिआएको छ। सोहीअनुरूप हाम्रो सक्रिय पहल रहने कुरा म स्पष्ट पार्न चाहन्छु।’

प्रधानमन्त्री ओलीले १९ पुस ०८० मा सम्पन्न परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा पनि सिमानाको विषयमा छलफल भएको र नेपाल भारत सीमाको बाँकी खण्डका काम छिटोभन्दा छिटो सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त भएको सदनलाई जानकारी दिए।

छुटाउनुभयो की ?