Skip This
फिल्डमा बढी काम भएको देखाएर करिब १४ लाख भ्रष्टाचार 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १८ शुक्रबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १८ शुक्रबार १७:१२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

फिल्डमा बढी काम भएको देखाएर करिब १४ लाख भ्रष्टाचार 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १८ शुक्रबार १७:१२:oo

फिल्डमा गरेकोभन्दा बढी काम देखाएर  करिब १४ लाख भुक्तानी लिए–दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र उपभोक्ता समितिका अध्यक्षसहित ठेकेदारविरुद्ध मुद्दा दायर गरेको हो।

गाउँपालिकाको वडा नम्बर ७ अन्तर्गत दाक्च–ख्याल्च सडक निर्माणका सम्बन्धमा सम्झौताबमोजिम फिल्डमा भएको वास्तविक कामको नापजाँचपश्चात् यकिन गरी प्रतिवेदन पेस गर्नुपर्नेमा सो नगरी बढी भुक्तानी दिएको अख्तियारको आरोप छ।

सडक निर्माणमा भएको कार्यहरूमध्ये ‘ड्राई स्टोन मसोन्री वाल’को काम एक सय १८.९८ घनमिटर मात्र भएकामा नापी किताब र कार्य सम्पन्न प्रतिवेदनमा तीन सय ४८.४३ घनमिटर भएको उल्लेख गरी नापी किताबमा सम्झौताबमोजिमको कार्य सम्पन्न भएको प्रतिवेदन तयार गरी त्यससमेतका आधारमा १३ लाख ७२ हजार तीन सय ४० रुपैयाँ भुक्तानी दिएको अख्तियारको आरोप छ।

त्यसमा संलग्न गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्य र असिस्टेन्ट सबइन्जिनियर विक्रम बुढालाई अख्तियारले प्रतिवादी कायम गरेको छ। अनियमितता भएकै रकमलाई मल्ल, आचार्य र बुढाको संयुक्त बिगो दाबी गरी मुद्दा दायर भएको हो।

सम्झौता र सर्तबमोजिम कार्य नगरेको, नापी किताब र कार्यसम्पन्न प्रतिवेदनमा बढी काम भएको देखाएर मूल्यांकन गर्न लगाई बढी भुक्तानी लिएको आरोपमा अख्तियारले सडक निर्माण श्रम समितिका अध्यक्ष हस्तबहादुर बुमी, कोषाध्यक्ष धौली कामी र सचिव केवल बुढालाई पनि अख्तियारले प्रतिवादी बनाएको छ। उनीहरूविरुद्ध पनि बढी भुक्तानी भएको रकमलाई संयुक्त बिगो कायम गरिएको छ।

गाउँपालिकाका सदस्य एवं अनुगमन समिति संयोजक दलवीर सार्की र वडा नम्बर ७ का तत्कालीन अध्यक्ष राजेन्द्र बुमीविरुद्ध पनि बढी काम देखाएर गलत प्रतिवेदन दिएर त्यसका आधारमा बढी भुक्तानी गरेको आरोप छ। उनीहरूविरुद्ध पनि अनियमितता भएकै रकमलाई बिगो कायम गरिएको छ।

छुटाउनुभयो की ?