Skip This
एमालेका चेतनारायण आचार्य लुम्बिनीको मुख्यमन्त्री बन्दै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ७ सोमबार
  • Thursday, 19 September, 2024
नवीन के‍सी अर्घाखाँची
२o८१ श्रावण ७ सोमबार १५:o९:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

एमालेका चेतनारायण आचार्य लुम्बिनीको मुख्यमन्त्री बन्दै

Read Time : < 1 मिनेट
नवीन के‍सी, अर्घाखाँची
नयाँ पत्रिका
२o८१ श्रावण ७ सोमबार १५:o९:oo

नेकपा एमालेभित्रको पूर्वसहमतिअनुसार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई अघि सारिएको छ। स्रोतका अनुसार पहिलो चरणमा लीला गिरी र दोस्रो चरणमा चेतनारायण आचार्य मुख्यमन्त्री हुने भद्र सहमति भएको थियो।

लुम्बिनीमा सुरुमा दलका नेता लीला गिरीलाई मुख्यमन्त्री बनाउने, त्यसपछि उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउने सहमतिअनुसार मुख्यमन्त्रीमा आचार्यलाई अघि सारिएको एमाले नेताहरूको भनाइ छ। गिरी यसअघि मुख्यमन्त्री भइसकेका छन्।

अर्घाखाँची निर्वाचत क्षेत्र १ (१)बाट निर्वाचित प्रदेश सभा सदस्य आचार्य यसअघि शंकर पोख्रेल नेतृत्वको प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए। त्यसपछि एमाले नेता लीला गिरी नेतृत्व सरकारमा ग्रामीण खानेपानी तथा सहरी विकासमन्त्री भए। माओवादी नेता जोखबहादुर महराको नेतृत्वको सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्दै उनी आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए।

एमाले–कांग्रेस गठबन्धन बनेसँगै अल्पमतमा परेका माओवादी केन्द्रका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार राजीनामा दिइसकेका छन्। प्रदेश प्रमुख अमिक शेरचनले सोमबार साँझ साढे ६ बजेसम्मको समय दिएर सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन्।

छुटाउनुभयो की ?